रामधुनी। विराटनगरको रानीदेखि सुनसरीको धरानसम्म निर्माण भईरहेको ६ लेनको सडकको विषयमा इटहरीमा विवाद सुरु भएको छ । इटहरीको मुख्य चोक क्षेत्रमा ढल निकासकालागी पैनि नबनाएर होम पाएप हालेको भन्दै यतिवेला विवाद सुरु भएको हो ।

इटहरी चोक उत्तर सङितचोक छिर्ने मुखमा साविकको पैनिमा होमपाइप लगाएर बनाइएको भन्दै कलभर्ट निर्माण सघर्ष समितीले तत्काल होमपाइप निकालेर स्ल्याव सहितको कलभर्ट निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । शुक्रबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सघर्ष समितीले राष्ट्रिय गौरभको आयोजनामा लापर्वाही गर्दा इटहरी ४ र ६ नम्बर वडा डुवान हुने जोखिम बढेको भन्दै आफुहरु यतिवेला सम्बन्धित निकायलाई खवरदारी गर्न सडकमा उत्रिन बाध्य भएको संयोजक ज्ञानेन्द्र दाहालले बताए ।No description available.स्थानिय तहमा गएर यस विषयमा कुरा गर्दा ढिला भएको भन्ने जवाफ पाएको समितिका सदस्य राजु केशीले बताए । सडक निर्माणको काम गर्दा कलभर्ट निर्माण हुन्छ की पैनि भन्ने विषयमा कसैलाई थाहा नहुने भन्दै यस विषमा स्थानिय तह लागी नपरेका कारण फेरी इटहरी डुवानमा पर्ने खतरा बडेको उनको भनाई छ ।

कलभर्ट बनाउनकालागी स्थानियबासीले जस्तोसुकै मुल्य चुकाउन आफुहरु तयार भएको समिति सदस्य लक्ष्मी थेवेले बताईन् । यसअघि इहरीको हलगडामा पनि निर्माण कम्पनीले होमपाइप लगाउन लाग्दा स्थानियबासीले रोके पछि कलभर्ट निर्माण भएको भन्दै  समितिले जसरी पनि इटहरीमा कलभर्ट बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here