file

इटहरी । यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया मनसुन जुन १० तारिखमा भित्रिने गर्छ । यसपालि एक दिन ढिला गरी मनसुन भित्रिएको हो ।

मौसमविद राजु प्रधानांगले फलैचान्यूजसंग कुराकानी गर्दै, आज दिउसो बसेको मौसमविदको बैठकले मनसुन भित्रिको पुष्टि गरेको बताए ।

‘हामी गतिविधिहरु हेरिरहेका हुँन्छौं, आगामि आइतबारसम्म देशैभरि मनसुन फैलने सम्भावना छ ।’ उनले भने,

बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको महाशाखाले जनाएको छ ।

मनसुन भित्रिएकाले आउँदो हप्ता देशका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम र केही ठाउँहरुमा ठूलो वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो बर्ष धरै पानी पर्ने भएकाले सरकारलाई अहिलेबाटै तयारी थाल्न विपत विज्ञहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here