इटहरी । प्रदेश १ को संसदमा कडा रुपमा प्रस्तुत हुने गरेका नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्याक्रम झुटको पुलिन्दा भएको बताएका छन् ।

विहीबार प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा शुक्रबार भाग लिर्दै कार्कीले तीन पटकको नीति तथा कार्यक्रम एकै भएको बताए । उनले भने, ‘कपि पेस्ट गर्ने, कर्मचारीले केही बुँदा थप्यो भने, हासेरै मर्यो होला ।’

मुख्यमन्त्री संसदमा आउन डराएको बताएका कार्कीले नागरिकसंग सरकार नभएको दावी गरेका छन् । ‘मुख्यमन्त्री प्रदेश घुमेका होलान भनेको त, काठ्माडौं ट्यूसन पढ्न गएछन्, गित कविता उखान सिकेछन् र आएछन् ।’ उनले भने ।

कार्कीले नीति तथा कार्यक्रमलाई समृद्ध राष्ट्रपति प्रधानमन्त्री, सुखि एमाले ओली गुट भनेका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here