विराटनगर । प्रदेश १ सरकारले कोरोना महामारीले पारेको असरलाई मध्यनजर राख्दै स्वास्थ्य क्षेत्र प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सरकारी अस्पतालको सुधार, हरेक तहमा स्वास्थ्यकेन्द्र र समयमा खोप सहितको कार्यक्रम समेटेको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका हुन् ।

कोरोना भाइरसको असर सबैभन्दा बढी स्वास्थ्य, कृषि र रोजगारमा परेकोले ती क्षेत्र महत्वका साथ समेटिने उनले उल्लेख गरे । कृषकलाई दिईने विशेष राहत र त्यसपछि कृषि पेशामा लगानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कोरोना भाइरस नियन्त्रण र आगामी समय देखिने महामारीसँग जुध्न प्रभावित क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम तयार पारिएको प्रमुख प्यासीले बताए ।

पूर्ण पाठ

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here