विराटनगर । प्रदेश १ मा १ हजार ४ सय ४२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ सय ९ जना महिला र ८ सय ३३ जना पुरुष रहेका छन् । सवैभन्दा बढी मोरङमा ४ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४६ हजार ३ सय ४१ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

बिहिबार प्रदेश १ मा ५ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सुनसरीमा १ सय ६८ जना, मोरङमा १ सय ४४ जना, झापामा १ सय २५ जना, उदयपुरमा ५५ जना, संखुवासभामा ४९ जना, धनकुटामा ७ जना, इलाममा ३ जना, तेह्रथुम र भोजपुरमा २–२ जना, पाँचथर र खोटाङमा १–१जना र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये इटहरीमा ५८ जना, धरानमा ५७जना, बराहक्षेत्रमा ३०जना, दुहवीमा ७ जना, इनरुवा र स्थानीय तह नखुलेका ४–४ जना,, रामधुनी र गढीमा ३–३ जना, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१ जना, विराटनगरमा ८६जना, बुढीगंगामा १५जना, लेटाङमा १३ जना, उर्लाबारीमा ७ जना, सुन्दरहरैचामा ४ जना, पथरीशनिश्चरेमा ३ जना, बेलबारी, कटहरी, रंगेली, जहदा, सुनबर्र्षी र रतुवामाईमा २–२ जना, धनपालथान, केराबारी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१जना, झापाको भद्रपुरमा ३० जना, दमकमा २९ जना, विर्तामोडमा १८ जना, मेचीनगरमा ११ जना, कनकाईमा १० जना, शिवसताक्षीमा ६ जना, कमल गाउँपालिकामा ५ जना, अर्जुनधारामा ४ जना, बुद्धशान्ति र कचनकवलमा ३–३ जना, हल्दिबारी र गौरीगञ्जमा २–२ जना र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको बेलकामा ३९जना, त्रियुगामा १५ जना, उदयपुरगढीमा १ जना, संखुवासभाको चैनपुरमा २३ जना, खाँदबारीमा २० जना, पाँचखपनमा ६ जना, धनकुटा नगरपालिकामा ३ जना, पाख्रिवासमा २ जना र साँघरीगढीमा १ जना, इलामको इलाम नगरपालिकामा २ जना, चुलाचुलीमा १जना, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१ जना, भोजपुर नगरपालिकामा २ जना, पाँचथरको फाल्गुनन्द र खोटाङको हलेसीतुवाचुङमा १–१ जना र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६४ हजार ३ सय ९३ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार २५ जना रहेको छ । प्रदेश १ मा बिहिबार १ हजार ७ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २ सय ६५ जना महिला र ३ सय ८ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here