इटहरी । प्रदेश १ मा (मंगलबार)हिजो ७८७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, सङ्खुवासभामा ५, इलाम र तेह्रथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६३ हजार ३१३ पुगेको छ । सङ्क्रमित भएका मध्ये ४२ हजार ८४१ सङ्क्रमणमुक्त भएका छन् । मंगलबार ४६७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ८४० छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here