file photo

काठमाडौं । शुक्रबारमात्रै उप–प्रधानमन्त्री एवं सहरी विकास मन्त्रीमा नियुक्त भएका राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टीले नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा ‘२४ घण्टाभित्र उप–प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ भनिएको छ ।’

यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर विज्ञप्तिमा छ ।

साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम रहेको पनि पार्टीको ठहर छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here