इटहरी । आज(शनिवार) विश्व वातावरण दिवस विभिन्न कार्याक्रम गरि मनाइदै छ । भौतिक रुपमा कार्यक्रमहरु नभएपनि प्रविधिको प्रयोग गरेर वातावरण संरक्षणमा छलफल गरिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छिन् । संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।

यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ भन्दै मनाउन लागिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here