प्रदेश १ मा संक्रमित थपिने भन्दा निको हुने धेरै

इटहरी । प्रदेश १ मा सोमबार कोरोना संक्रमित भन्दा निको हुने धेरै भएका छन् । सोमबार ४४५ महिला र ५४८ पुरुष सहित ९९३ जना कोरोना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३६ हजार ५६४ जना संक्रमणमुक्त भईसकेका छन् । हिजो प्रदेश १ मा ६९७ संक्रमित थपिए । मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, ते¥हथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा ७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाई छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ६२२ पुगेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here