इनरुवा। जिल्ला अस्पताल इनरुवाले कोभिड अस्पतालको उद्घाटन गरेको छ ।

सोमबार नगर प्रमुख राजन मेहता र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल राज भण्डारीले कोभिड अस्पतालको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन गरिएको अस्पताल २० शैयाको रहेको छ । इनरुवामा कोभिडका विरामीहरुलाई उपचार गर्ने उद्देश्यका साथ इनरुवा अस्पतालको आकस्मिक कक्षको भवनमा संचालनमा ल्याइएको नगर प्रमुख मेहताले जानकारी दिए ।

अस्पताल उद्घाटन भएता पनि विरामी भने बुधवारदेखी मात्र भर्ना लिइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल राज भण्डारीले बताए ।

इनरुवा अस्पतालका निमित्त प्रमुख लोकेन्द्र आचार्यले संचालन पूर्वका प्रकृयागत केहि काम बाँकी रहेकाले विरामीको भर्ना लिने काम भने एक, दुई दिन ढिला हुने बताए ।

कोभिड अस्पतालमा आउने बिरामी, कुरुवाका साथै उपचारमा खटिने चिकित्सक सहितको जनशक्तिका लागि खानपिनको प्रवन्ध भने उद्योग वाणिज्य संघ इनरुवाले मिलाउने भएको छ । उवासंघका अध्यक्ष विरेन्द्र साहले सहयोगका रुपमा खाना र नास्ताको खर्च संघले गर्ने बताए ।

इनरुवाको कोभिड अस्पताल इनरुवा नगरपालिका, इनरुवा अस्पताल, स्वास्थ्य कार्यालय र प्रदेश सरकारको संयुक्त पहलमा संचालनमा आएको हो ।

कोभिड अस्पतालको लागि नगरपालिकाले अक्सिजन पाइप लाइन लगायतका सामाग्री खरिद तथा जडानमा खर्च गरेको छ । व्यवस्थापन लगायतका अन्य जिम्मेबारी भने अस्पताल प्रशासनले हेर्ने व्यवस्था मिलाइएको निमित्त अस्पताल प्रमुख आचार्यले जानकारी दिए ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here