धनकुटामा रुखले किचेर एकको मृत्यु

प्रतिकारात्मक तस्विर

धनकुटा । धनकुटाको सहिदभुमी गाउपालिका ३ छिन्ताङका ४२ बर्षीय नारायण कुमार राईको रुखले किचेर मृत्यु भएको छ ।

मंगलबार छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा सोही रुखले किचेर राईको घटनास्थलमानै मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here