इटहरी । गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्नेे पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा प्रहरीले छापा मारेको छ ।

औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग भएको पाइएको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार परीक्षणपछि प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको हो ।

कम्पनीका सञ्चालक सुनसरी घर भएका आशिष प्याकुरेल पक्राउ परेका छन् । साथै, १० ट्रक सेनिटाइजर पनि बरामद गरिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here