बुधबारे । बुधबारे जेसीजले कोरोना कहरका बिच सान्ति सुरक्षामा खटिने प्रहरीलाई शुक्रबार(आज) मास्क सेनिटाइजर प्रदान गरेको छ ।

‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै
दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य सर्तकता अपनाउन ती सामग्री प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।

बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईको संयोजकत्वमा कार्यक्रम गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताए । कार्यक्रम संयोजक भट्टराईले इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाललाई ती सामग्री प्रदान गरेका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here