कोरोना महामारी तीव्र गतिमा बढ्दै छ । सङ्क्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन । यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति सहज बनाउन सुगम हुन्छ ।ad१. हरेक स्वास्थ्य संस्थामा अनिवार्य रूपमा ‘फिभर क्लिनिक’ सञ्चालन गर्ने । हरेक नागरिकले पिसिआर पोजेटिभ आउने बित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।

२. फिभर क्लिनिकमा ट्राइज गर्ने । अर्थात् सामान्य लक्षण देखिएका सङ्क्रमितलाई चेकजाँच गरेर आवश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने । उहाँहरू र फिभर क्लिनिकबिच फोन संवाद जारी राख्ने । मोडेरेट लक्षण अर्थात् गाह्रो भएका व्यक्तिलाई आइसोलेसन केन्द्रमा राख्ने ।

छातीको एक्स–रे÷सिटि लगायतका परीक्षण गर्ने । कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने । गम्भीर सङ्क्रमितलाई अस्पतालसँग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने ।

३. यी ३ समूहमा जसलाई आइसियुको आवश्यकता पर्छ, उहाँहरूलाई आइसियुमा राखेर उपचार गर्ने ।

४. हरेक अस्पतालले कति वटा बेड खाली छन्, आइसियुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन ? यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय÷सिसिएमसी, आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने । यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने । सङ्क्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा व्यवस्थापन गर्ने ।५. समाचार आतङ्कको कारण सामान्य कोभिड भएका सङ्क्रमित डर, चिन्ता तथा पेनिक अट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ । हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको व्यवस्था गर्ने । सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने ÷ गराउने वातावरण निर्माण गर्ने ।

६. कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्स्ट्रक्सन छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने÷गराउने । अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिवार्य गर्ने ।७. सङ्क्रमण नफैलिएका जिल्लाको औषधि÷उपकरण÷जनशक्तिलाई जीवन रक्षाको लागि आवश्यक अस्पतालमा एड्जस्ट गर्ने ।

८. सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ , अक्सिजन कन्स्ट्रक्सन सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने वातावरण निर्माण गर्ने ।

९. जीवन रक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने । सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने ।

१०. स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत (जस्तै ५० किलो चामल र ५ किलो दाल) उपलब्ध गराउने । राहत सङ्कलन तथा वितरणलाई संस्थागत गर्ने ।

११. यो विषम परिस्थितिमा सङ्क्रमित तथा सङ्क्रमित परिवारलाई सक्दो सहयोग गरौँ । मानवताको उच्च उदाहरण बनौँ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here