प्रदेश १ कोरोना ग्राफः थप ९०४ जनामा संक्रमण

इटहरी । प्रदेश १ मा मंगलबार(आज) ९०४ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ हजार ८२४ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ३५९ संक्रमणमुक्त भएका छन् । आज ५५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ८८२ पुगेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here