प्रतिकारात्मक तस्विर

इटहरी । पूर्वका दुई छुट्टाछुट्टै घटनामा दुइ जनाको ज्यान गएको छ । ताप्लेजुङ मेरिङदेन गाउपालिका २ शान्थाक्रा का १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको छ ।

फूङलिङ नगरपालिका ७ स्थित सव–बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सन द्वारा भिर चट्टान फोर्ने कार्य भईरहेकोमा सोही बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने क्रममा उनको ढुंगाले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

यसैगरी मोरङ रंगेली नगरपालिका ९ बेदमारी स्थितमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबी एक बालकको मृत्यु भएको छ । भारत बिहार घर भई सोही स्थानमा रहेको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० बर्षीय अलिअर मिया खेल्ने क्रममा उक्त पानीको खाल्डोमा डुबी गम्भिर घाईते भएका थिए ।

घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here