file photo

इटहरी । उपचारको क्रममा कोरोना संक्रमित ५५ वर्षिया महिलाको निधन भएपछि सुुनसरीको इटहरी उपमहानगरपालिका ८ पुर्ण रूपमा शिल गरिएको छ । उपमहानगर अन्तरगत वडा कार्यालयको बैठकले सो वडालाई वैशाख २९ गते सम्म शिल गरिएको हो ।

केहि दिन अघि कोरोना संक्रमण पुस्टि भएपछि महिलालाइ उपचारको लागि मोरङको बिराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो । ५५ वर्षिया महिलाको उपचारको क्रममा शनिबार राति मृत्यु भएको इटहरी उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ ।

महिलाको मृत्यु पश्चात इटहरी वडा नं ८ पुर्ण रूपमा शिल गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । वडा नं ८ को बिजुली अफिस र आसपासका क्षेत्रहरू समेटिने गरि गत २९ गते सम्म्लाइ पुर्ण रूपमा शिल गरिएको जनाइएको छ ।

 

1 COMMENT

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here