इटहरी । इटहरीमा मृत भेटिएका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक केशवकुमार कट्वालले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ पर्ने बराहक्षेत्र घर भइ इटहरी ६ बस्ने २४ वर्षीय प्रकाश तामाङ रहेका छन् ।

पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

बिहीबार विहान इटहरी ६ स्थित ट्याङग्रा खोला पूर्व खाली जमीनमा नाम, थर, वतन नखुलेको अन्दाजी २८–३० वर्षीय युवक मृत फेला परेका थिए । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन् ।

हेर्दा मंगोलियन जस्तो देखिने मृतक व्यक्तिको पहिचान हुन नसकेपनि दाहिने हातको नाडीमा दुःखी राई लेखिएको थियो ।

इटहरीमा एक पुरुषको शव फेला, सनाखत भएन

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here