मोरङमा छैन रोक, सुनसरी पुग्यो कि सोधखोज !

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय मोरङको निषेधाज्ञाको नियम फरक फरक भएकाले निषेधाज्ञाको कार्यान्वयनमा गराउन सुनसरी प्रहरीलाई हम्मे हम्मे परको छ ।

सुनसरी जिल्लाभरी पूर्ण निषेधाज्ञा छ भने मोरङको उत्तरी भेगमा कुनै पनि रोक तोक छैन । त्यसैले गर्दा मोरङ र सुनसरीको सिमाना बुढीखोलामा आवतजावत गर्नेहरूको भीड बढेको छ ।adहुन त मोरङको उत्तरी इलाकामा कुनै पनि रोकतोक नहुँदा सवारीका साधनहरू निर्बाध रूपमा सञ्चालन भइरहेका छन् भने, सिमाना कट्न खोज्दा प्रहरीले रोक लगाउँछ । ‘मोरङमा केही छैन, यहाँबाट जान पाइएन मान्छे काम भएर त आँउछ नि ।’ नाका कट्न खोज्नेले भनेका छन् ।

ड्युटीमा खटिएका एक अधिकारीले एक जिल्लामा ’लकडाउन’ अर्को जिल्लाको पालिकामा ’फ्री’ हुँदा लकडाउनको उपलब्धि नहुने बताए । उनले प्रहरीलाई निषेधाज्ञाको कार्यान्वयन गराउँदै सुरक्षा दिन असहज भएको उल्लेख गरेका छन् । दुवै प्रशासनहरूले सहकार्य गरेर प्रहरीहरूलाई सुरक्षा तथा निषेधाज्ञा कार्यान्वयनको पाटोमा सहज बनाइदिनुपर्नेमा प्रहरी अधिकारीको भनाई छ । अर्कोतर्फ मोरङका उत्तरी क्षेत्रमा पनि महामारी तीव्र गतिमा बढेकाले निषेधाज्ञा लगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

यस विषयमा कुरा गर्दा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोनाबाट बढी प्रभावित ठाउँहरूमा मात्र निषेधाज्ञा गरेको बताए । तर, अब नाका तथा सुनसरी सिमानाका पालिकाहरूमा पनि निषेधाज्ञाको थप गर्ने उनको भनाई छ ।‘मोरङ दिनहुँ कोरोनाको उच्च बिन्दुमा छ । त्यसैले हामी सर्वदलीय बैठक बसेर सुन्दरहरैचा नगरपालिकामा तथा अन्य गाउँपालिकामा पनि थप निर्णय गछौं ।’ उनले भनेका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here