इटहरी । इटहरी उपमहानगरले वजार अनुगमनलाई तिव्र वनाएको छ । उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन, खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मंच र प्रहरीको सहभागितामा आज आँपगाछी र तरहरा वजारमा अनुगमन गरिएको छ ।

९ वटा पसल अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रिएका समान फेला परेकाले वरामद गरि नष्ट गरिएको छ । उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भटटराईका अनुसार कोकाकोला, स्प्राइट, रियल जुस, हुलास वेसन लगायतका समान म्याद गुज्रिएको पाइएकाले वरामद गरि नष्ट गरिएको हो ।

इटहरीमा निरन्तर वजार अनुगमन गरिने उपमेयर गौतमले वताइन ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here