रामधुनी । नेक्स्स ब्याण्डले आफ्नो दोश्रो विश्वास नामक अफिसियल भिडियो सारवजानिक गरेको छ । ब्याण्डले गत वैसाख ९ गते एक इटहरी स्थित संगित साधना प्रतिष्टनमा एक कार्यक्रमका विच विश्वास नामक गितको भिडियो सार्वजनिक गरेको हो ।

गितको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै प्रा.डा बद्री बिशाल पोख्रेलले साहित्य, सङित र कलालाई उमेर र पुस्ताले फरक नपार्ने तर आउने पुस्ताले कला साथै शिक्षा दुवैलाई नछुटाई उतिकै महत्वका साथ अघि बढ्न बयाण्डलाई शुभकामाना दिएका थिए ।

त्यस्तै संगित साधाना प्रतिष्ठान इटहरीका माहासचिव राजु केशीले व्यक्ति बाट समुह भइ एउटै ब्याण्डमा सबै सदस्यहरुले विगत एक दशक भन्दा लामो समय देखी निरन्तरतका साथ गित संगीत श्रृजना गर्दै पूर्वान्चलको नमुना रहेको र आउने पुस्तालाई समेत प्रेरणा मिल्ने उदाहरण बन्न ब्याण्डलाई सफल्ताको शुभकामना दिएका थिए ।May be an image of 13 people, beard, people standing and people sitting ब्याण्डले हाल सम्म चार ओटा गित रेकर्ड गरिसकेको र आगामी वर्ष सम्ममा एल्बमको निकाल्ने तयारी गरिरहेको बताइएको छ । ब्याण्डले सार्वजानिक गरेको गितको भावाना रेकर्डिङ स्टुडियो धरानका हेम सुब्बाले गरेका हुन भने गितको मिक्सिङ मास्टरिङ जोशु बोलनले गरेका हुन् ।

भिडियोमा मोडल कुसुम गुरुङ, आयुस्मा बज्रचार्य र रितेश राज गुरुङको अभिनय रहेको छ भने भिडियोको डाइरेक्टर र इडिटर बिजु कर्मचार्य रहेका छन् । गितको छायांकन भने संजिव राई, अनिल मान्नदर र महेश्वर श्रेष्ठ, मेक अप आर्टिस्ट दिपसन परियार र पुनम गुरुङले गरेका हुन ।

ब्याण्डमा भोकल पवन लिम्बु, ड्रम्समा नबिन श्रेष्ठ, बेस गिटारमा नबिन न्यौपाने, गिटारमा सुजन लिम्बु र मनोज राई लाई देख्न सकिन्छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here