विराटनगर । १ नं. प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा अवकास प्राप्त प्रहरी कर्मचारीहरुका लागी सिपमुलक फूल खेती तालिमको शुभारम्भ गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न सो तालिमको प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीले समुद्घाटन गरिन् ।

उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले स्वरोजगारीको माध्यमबाट आत्मनिर्भर हुन सहायक सिद्ध हुने कुरामा जोड दिएकी छिन् ।

प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने तीन दिन अवधीको सिपमुलक तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here