इटहरी । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाण्डौ उपत्यकासहित देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।

महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । प्रदेश तथा जिल्ला समितिहरूको नयाँ नेतृत्वका लागि पनि आजै मतदान हुँदै छ ।

मतदान सम्पन्न भएपश्चात आज नै मतगणना शुरु गरिने छ । कुनै बाधा नभए भोली सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए ।

प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखाका केही ठाउँमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here