इटहरी । बिराटनगर महानगरपालिकाले स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधी जितेको छ । शनिबार फाइनल खेलमा दमक नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिराटनगरले उपाधी जितेको हो ।

उपाधीसंगै बिराटनगरले नगद २ लाख रुपैया हात पारेको छ । उपबिजेता दमक नगरपालिकाले नगद १ लाख रुपैयामा चित्त बुझायो । बिराटनगरले उपाधी जितेको खुसियालीमा महानगर प्रमुख भीम पराजुलीले पुरस्कार राशीमा नगद २ लाख थप गरिदिए ।

बिजेता तथा उपबिजेता टिमलाइ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल, प्रदेश एकका संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की प्रतियोगिता संयोजक सूर्य राइ लगायतले पुरस्कार बितरण गरे ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा सम्पन्न प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी थिए ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here