इटहरी । नेपाल टेलिकमको केवल काट्दै गरको अवस्थामा प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत खेति खोलामा टेलिकमकाे केवल चाेर्दै गरेकाे अवश्थामा २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा इटहरी–५ का ३१ वर्षीय ईश्वर लिम्बू र २४ वर्षीया रेनुका राई रहेका छन् । उनिहलाई एक हजार दुई सय पेयरको केवल काट्दै गरेको अवस्थामा चैत्र ९ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० अर्जुन केसीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय इटहरीले चोरी गर्न प्रयोग गरेको बन्चरो छिनो र हेक्सो ब्लेड सहित उनिहरुलार्य बुधबार सार्वजनिक गरेको हो ।
जिल्ला अदालत सुनसरीको आदेशमा अभियुक्तहरुलाई हिरासतमा राखी चोरी मुद्दामा अनुसन्धान सुरु गरिरहेको प्रहरी नायब उपरीक्षक केसिले जानकारी दिए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here