काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन् ।

बूढानीलकण्ठस्थित निवासमै गएर भेटेका दाहालले देउवालाई कांग्रेस, माओवादी र जसपा गठबन्धनमा सरकार निर्माण गर्ने विषय राखेको श्रोतले बताएको छ ।

दाहालले यसअघि नै देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् । देउवाले वैकल्पिक सरकार निर्माणका लागि आवश्यक संख्या पुग्ने परिस्थिति नबनेको भनाइ राखे ।

आधा घण्टाको कुराकानीमा देउवाले सरकारबाट अलग नभएको भनी प्रश्न गरे । त्यसक्रममा दाहालले चाँडै नै सरकारबाट अलग्गिने जानकारी देउवालाई गराएको कांग्रेस निकट श्रोतले बताएको छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here