No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

खनाल–नेपाल समूह ओलीका निर्णयविरुद्ध संगठित हुने

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १८, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
खनाल–नेपाल समूह ओलीका निर्णयविरुद्ध संगठित हुने
Share on FacebookShare on Twitter

काठमाडाैं ।  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही सुरु गरेपछि एमालेको खनाल–नेपाल समूहले तल्लो तहसम्म संगठित हुने गरी अभियान सुरु गरेको छ ।

अध्यक्ष ओलीले सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्दा समानान्तर गतिविधि गर्न रोके कारबाही ६ महिनाअगावै फुकुवा हुन सक्ने बताएका थिए । तर पार्टीका नेताद्वयलाई निलम्बन गर्ने ओलीको निर्णयपछि बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठकले तल्लो कमिटीसम्म आफूपक्षका नेताहरू सम्मिलित संगठन, गठन, पुनर्गठन गर्ने र समानान्तर रूपमा पार्टी गतिविधि अघि बढाउनेबारे छलफल गरेको छ । ओलीका निर्णयविरुद्ध संगठित हुन बैठकले नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।

‘केपी शर्मा ओलीबाट देश, जनता र पार्टी हितविपरीतका क्रियाकलापविरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्ध रूपमा संगठित भई देशव्यापी सक्रिय हुन एमालेका सम्पूर्ण इमानदार नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछौं,’ स्थायी कमिटीका ११ सदस्यले हस्ताक्षर गरेको विज्ञप्तिमा छ । विज्ञप्तिमा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा स्थायी कमिटी सदस्यमा मनोनीत भएका नेपाल पक्षीय नेताहरू रघुजी पन्त र वेदुराम भुसालले भने हस्ताक्षर गरेका छैनन् । बैठकपछि जारी विज्ञप्तिमा ओलीले सर्वोच्चको फैसलापछि पुनर्जीवित एमालेलाई समेत विभाजन गरेर कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने प्रयत्न गरिरहेको उल्लेख छ ।

‘एमालेको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ । राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भइरहेको छ । आफैंले गोप्य सम्झौताका साथ घोषणा गरेको माओवादी केन्द्रसँगको एकीकरणविरुद्ध अनेकौं षड्यन्त्र गर्दै पार्टी एकतालाई भंग गर्न उद्यत ओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित नेकपा ९एमाले० लाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुष्प्रयत्न भइरहेको छ,’ विज्ञप्तिमा छ, ‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा ९एमाले० विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन् ।’

उनीहरूले प्रधानमन्त्री ओलीलाई पद र शक्ति प्राप्त भएपछि भ्रष्टाचार र अनियमितताको चाङ लाग्न थालेको जिकिर गर्दै यसबाट देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका मान्यताहरू भत्किन थालेको उल्लेख गरेका छन् । ‘सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित ओलीद्वारा पार्टी विभाजनको रेखालाई फराकिलो बनाउने दुराशयबाट वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष कमरेड भीम रावल, उपमहासचिव कमरेड घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य कमरेड सुरेन्द्र पाण्डेलाई अनेक झूटा आरोप लगाउँदै कथित स्पष्टीकरण सोधियो, त्यो उहाँको पार्टीभित्र अन्तरद्वन्द्व चर्काउने दुराशयको हिस्सा थियो,’ विज्ञप्तिमा छ ।

विज्ञप्तिमा छ, ‘अझ अघि बढेर उहाँबाट यही चैत १६ गते वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई विभिन्न झूटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको छ ।’

बैठकले नेपाल र रावललाई कारबाही गर्ने पार्टी अध्यक्षको निर्णयविरुद्ध वक्तव्य निकाले पनि अब कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निष्कर्ष निकालिसकेको छैन । ‘आज ओलीजीले गरेको कारबाहीको प्रतिक्रिया दिने काममात्रै भयो, अब कसरी अगाडि बढ्ने भन्नेबारे सामान्य छलफल भयो, खास निष्कर्ष निस्किएको छैन,’ बैठकसम्बद्ध स्रोतले कान्तिपुरसँग भन्यो, ‘केही दिनमा बैठक बसेर निर्णय गरिन्छ ।’ उक्त स्रोतका अनुसार अबको रोडम्यापबारे छलफल गर्न नेपाल पक्षीय नेताहरूको बैठक सम्भवतः आउँदो २० गते बस्दै छ । यो समूहले कसरी अगाडि बढ्ने भन्नेबारे टुंगो लगाउन मुलुककै राजनीति पनि कतातिर उन्मुख हुन्छ भन्नेमा भर पर्छ ।

विशेषगरी माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि अघि बढ्ने राजनीतिक कोर्सले पनि नेपाल पक्षीय एमालेका नेताहरूको आगामी मार्गचित्र कोरिने देखिएको छ । अब दुईरतीन दिनभित्रै ओलीलाई दिएको समर्थन फिर्ता लिने बताएको माओवादीले त्यसका लागि बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका उपेन्द्र यादवसँग ‘फाइनल’ कुराकानी गर्ने जनाएको छ । माओवादीले गठबन्धन सरकार बनाउन सहमति जुटेमा एमालेबाहेकको सरकार बनाउन अघि बढ्ने र सहमति नभए चुनावमा जान तयार हुने गरी वामपन्थी एकता गर्ने तयारी थालेको छ । चुनावमा जाने स्थिति आउँदा खनाल–नेपाल पक्षीय नेताहरूसहित फेरि वामपन्थी दलहरूको एकता हुन पनि सक्छ तर सरकार बन्ने अवस्था रह्यो भने उनीहरू एमालेभित्रै अन्तरसंघर्ष गर्ने निचोडमा पुग्न सक्छन् ।

त्यसैले केही दिन अरू राजनीतिक दलहरूको पनि गतिविधि हेरर निष्कर्षमा पुग्ने गरी खनाल–नेपाल समूहले आन्तरिक तयारी थालेको छ । त्यसैले आउँदो बैठकका लागि उसले तीन दिन पर्खिएको हो । यो तीन दिनका बीचमा मंगलबार स्पष्टीकरण दिएका उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेसमेत कारबाहीमा पर्न सक्ने र त्यसपछि थप योजना बनाउन सजिलो हुने आकलन खनाल–नेपाल समूहको छ । ‘सामान्यतः अहिले ओलीले बाहिर अरूसँग गठबन्धन गर्ने र भित्र हामीलाई लखेट्ने गर्नुभएको छ । सोझो अर्थमा भन्दा बाहिर ठक्कर खानुभयो भने भित्र ठाउँमा आउनुहुन्छ कि भन्ने पनि हो,’ उपमहासचिव भुसालले कान्तिपुरसँग भने, ‘उहाँले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ, त्यही आधारमा हामी कसरी अघि बढ्ने भन्ने निर्धारण हुन्छ, अहिले छलफलमै छौं ।’ आजको कान्तिपुर दैनिकमा बिनु सुवेदी

ShareTweetPin
Previous Post

अमेरिकामा बस्ने नेपालीको संघर्ष कथामा बन्ने भो ‘लाईफ इन एलए’ (भिडियो)

Next Post

डढेलो विस्तारै घट्दै : घातक प्रदूषणमा समेत केही कमी

Next Post
डढेलो विस्तारै घट्दै : घातक प्रदूषणमा समेत केही कमी

डढेलो विस्तारै घट्दै : घातक प्रदूषणमा समेत केही कमी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.