अमेरिकामा बस्ने नेपालीको संघर्ष कथामा बन्ने भो ‘लाईफ इन एलए’ (भिडियो)

काठमाडौं । अमेरिकामा बस्ने नेपालीको संघर्ष कथामा रहेर एक नेपाली  अर्थात लाईफ इन लस एन्जलस बन्ने भएको छ ।

अमेरिकामा पत्रकार सम्मेलन गर्दे सिनेमा ‘लाईफ इन एलए’ निर्माण गर्न लागिएको निर्माण टिमले जानकारी दिएको हो ।
चलचित्रमा नायिका अकेशा बिष्ट मुख्य भुमिकामा रहनेछिन् ।

अकेशा केही बर्षदेखि अमेरिकाको न्यूजर्जीमा बस्दै आएकी छिन् । अकेशा बिष्टले ‘जिन्दगी रक्स’ नामको चलचित्रमा काम यस अभि काम गरिसकेकि छिन् । निकै लामो समयपछि उनी फेरिपनि चलचित्र देखिने भएकी छिन् ।

उनको यो सिनेमा भने कस्तो होला धेरैमा कौतुहलता बढेको छ । चलचित्र निर्माण टिमले ‘लाईफ इन एलए’ को पोष्टर समेत सार्वजनिक गरेको छ । यो सिनेमाको छायांकन अप्रिलको पहिलो साताबाट सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अमेरिकाको लस एन्जलस आसपासमा सिनेमाको छायांकन हुनेछ निर्माण टिमले जनाएको छ ।

नेपाली टिमाले निर्माण गर्न लागेको यो सिनेमामा केही अमेरिकन कलाकारहरुले पनि काम गर्ने भएकाछन् । सिनेमाको अंश भने पोखरामा पनि छायांकन गरिने भएको छ । यो सिनेमा भने वाश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ । सिनेमामा अकेशा सहित बास बिष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुष केसी, बिशाल ढकाल लगायत कलाकारहरुको पनि अभिनय रहनेछ ।

चलचित्र ‘लाईफ इन एलए’लाई सुर्य एन श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । यो सिनेमालाई राजेन्द्र ठकुराठीले बनाउनेछन् । सिनेमामा श्रीकृष्ण बम मल्लको संगीत, उज्जवल ढकालको सम्पादन र सुदिप बरालको छायांकन रहनेछ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.