चलचित्र ‘अभियान’को शुभमुहर्त

इटहरी । कोशी भिजनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र अभियानको शुभमुहर्त गरिएको छ । सुनुरीको इटहरी स्थित एक गुम्वामा पुजा गर्दै चलचित्रको शुभ मुहर्त गरिएको हो । चलचित्रको निर्देशन लाखमान योन्जनले गर्ने छन् भने चलचित्रको कथा पनि निर्देशक योन्जनले नै लेखेका हुन् ।

ऐतिहासिक तामाङ थाकथलो किपट को कथामा बन्ने चलचित्रमा जयानन्द लामा, दिनेश कोईराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाईवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ, मदन राई, कुमारी मेयाङ्बो लगायतका कलाकारहरुको अभिनय रहने छ ।No description available.चलचित्रको छायांनक रसुवा, काभ्रे, हिले, उत्तरपानी, मुडे संसरे, ईलाम लगायतका रमणिय स्थलहरुमा गरिने निर्देशक योन्जनले जानकारी दिए । चलचित्रमा सुमन तामाङको छायांकन रहने छ भने चलचित्रको सम्पादन हेमन तामाङको रहने छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.