इटहरी । प्रदेश १ को प्रदेशसभा बैठक चैत २३ गते बस्ने भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक चैत २३ गते दिउँसो २ बजेका लागि बोलाएका हुन् ।

अब बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव संवन्धमा टुंगो लगाइने भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भइसकेको छ ।

चैत १२ गते तत्कालीन नेकपा दाहाल–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यले राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वास प्रस्ताव दर्ता भएपछि अल्पमतमा परेका मुख्यमन्त्री राई सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै मजबुत भएका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here