रामधुनी । सुनसरीको रामधुनीबाट राष्ट्रपति रनिङ सिल्ड कप कराते प्रतियोगितामा सहभागिता हुने खेलाडी छनौंट गरिएको छ । रामधुनी नगर सितोरियो कराते कार्यसमितिले आयोजना गरेको कार्यक्रममा राइजिङ स्टार विद्यालयले प्रथम स्थान हाँसिल गरेको छ ।May be an image of 19 people, including Risingstar Baklauri and people standingयसैगरी दोश्रो पन्चायन बिद्या मन्दिर र तश्रो युनिक सगरमाथा स्कुल भएका छन् । यी स्कुलबाट ३ जना पुरुष र ३ जना महीला छनौट भएका हुन् । अव यहाँबाट छनौट भएका खेलाडिले जिल्ला प्रदेश हुँदै राष्ट्रपति रनिङ सिल्ड कप सम्म पुग्ने पञ्चायन विद्यामन्दीरका प्र.अ. तथा कार्यक्रकमका सभापति दिपेन्द्र विष्टले बताए ।No description available.अन्तरविद्यालय तर्फ पञ्चायन स्कुल बिजेता अल्पाइन इङ्लिस स्कुल उप–विजेता तथा राइजिङ स्टार स्कुल तेश्रो भएका छन् । उनिहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरेको पनि उनले जानकारी दिए ।No description available.पञ्चायन विद्यामन्दीरको प्राङ्गणमा शनिवार भएको प्रतियोगितामा नगरपालिकाका १३ बिद्यालयका १६० प्रतियोगी सहभागी भएका थिए । कार्यक्रममा नगरभित्रका खेलकुदका प्रतिनिधी, विद्यार्थी, शिक्षक, संचारकर्मी लगाएतको उस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरी रहेका थिए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here