सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संग्लग्न रहेका माझीलाई पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट घाईते भएकी संम्झनालाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मत्यु भएको हो ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका माझीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।