इलाम । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
एनले जिल्ला प्रशासन कार्यालय इलाममा पुगेर ०३–०१–७७–०३२५१ नागरिकता प्रमाणपत्र नम्बर भएको नागरिकता लिएका हुन् ।
नागरिकता पाउँदा आफूलाई खुसी लागेको उहाँले प्रतिक्रिया दिए । जेलमा बन्दी जीवन बिताउदा मानसिक तथा शारीरिक असक्तता भएका तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने बताइसकेको छ ।