इटहरी । कोरोना संक्रमण फेरि बढेसँगै झापामा एक जना संक्रमितको मृत्यु भएको छ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

भारतबाट घर फर्किएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि बिर्तामोडको बिर्ता सीटी हस्पिटलमा उनलाई भर्ना गरिएको थियो । उनलाई दुईपटक पीसीआर परीक्षण गराउँदा दुवैपटक कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।

प्रदेश १ मा आज ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार धरान उपमहानगरपालिकामा १ जना महिला, विराटनगर महानगरपालिकामा २ जना महिला र प्रदेश १ बाहिरका १ जना पुरुष गरी ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here