इटहरी । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आगामी १४ औँ महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ ले इटहरीमा आयोजना गरेको पालिका स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन समाहरोहमा बोल्दै कोइराला परिवार एक हुने बताएका हुन् ।

कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.सेखर कोइरालाले मुलुकलाई चुनावको आवस्यक्ता रहेको बताए । नेता कोइरालाले संसद अनिर्णयको बन्दी भएको भन्दै निर्वाचनको बिकल्प नभएको बताएका हुन् ।‘जुन पुस ५ गतेको कदम थियो । त्यसपछि मुलुकको अबस्था नराम्रो परिस्थितिमा गइरहेको देखेको छु मैले । जसको नेतृत्वमा सरकार भए पनि चुनाव हुनुपर्छ । संसद पनि अनिर्णयको बन्दी बनेको छ । उनले भने ।’

कार्यक्रमा बोल्दै नेताहरुले गिरिजाप्रसाद कोइरालाले गरेको योगदानका बारेमा चर्चा गरेका छन् । नेतृ सुजता कोइराला, सुनसरी जिल्ला सभापति राजीव कोइराला, युवा नेता प्रदिप पौडेल, लगाएत रहेका थिए ।इटहरी रंगशालामा सुरु भएको प्रतियोगितामा इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटाका टिमले सहभागी जनाउने छन् । प्रतियोगितामा स्वास्थ्य शिविर, सांगीतिक कार्यक्रम तथा फोटो प्रदर्शनी समेत रहेको छ ।चैत २४ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद दुई लाख र उपविजेताले नगद एक लाख हात पार्ने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here