धरान : लोकप्रिय गायिका दिपा लामालाई धरानमा सम्मान गरिएको छ ।

गायनका माद्यमबाट तामाङ समुदायको उत्थानको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायिका लामालाई सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै गायिका लामाले यो सम्मानले आफुलाइ कलाको क्षेत्रमा अगाडी बढ्न थप हौसला मिलेको बताइन ।

नेपाल तामाङ महिला छेदुङ तथा रंगभुमि एकेडेमीको संयुक्त आयोजनामा भएको सम्मान कार्यक्रममा तामाङ समुदायका विभिन्न ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले गयिका लामाको प्रसङ्सा गर्दै थप सफलताको कामना गरेका थिए । कार्यक्रममा गायिका लामाले आफ्ना केहि लोकप्रिय गितका तुक्का गाएर सुनाएकी थिइन ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here