file photo

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसंग कुरा गदै उनले कांग्रेस प्रतिपक्षमै रहने बताए ।

अहिलेको सरकारलाई स्वीकार गरेरै कांग्रेस अघि बढ्ने उनको धारणा थियो आज । हुन त देउवा विराटनगर विमानस्थलमा पत्रकारसंग जंगिए । हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेट छ,’ देउवाले भने, ‘त्यसैले हामी सत्ताका लागि मरिहत्ते गर्दैनौँ। सत्ता आइलाग्यो भने पछि पनि हट्तैनौँ, भाग्नेवाला पनि छैनौँ।’

काङ्ग्रेसले यही सरकारलाई समर्थन गर्नुको कारण चाहिँ के हो भन्ने जिज्ञाशामा उनले रिसाउँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’ जानुस !’ आगामी महाधिवेशनमा सबैले समर्थन गरेर सभाभपति उठ्नोस् भनेर अनुरोध गरे भने लड्ने पनि उनले बताए ।

देउवाले केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त समेत गरेका छन् । देउवा ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा हुने धरानमा आयोजना भएको कार्यक्रममा आएका हुन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here