रामधुनी । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा धरान आउने भएका छन् ।
५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा हुने एक कार्यक्रममा देउवा आउने भएका हुन् ।
नेपाल दलित संघको केन्द्रीय कार्यसमितिले समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश १ स्तरीय दुईदिने अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरि मंगलबार जातीय विभेद उन्मुलन दिवसको अवसरमा पार्टी सभापति देउवा आउन लागेको जानकारी गराइएको हो ।