प्रदेश १ का सांसदद्धारा ‘खुवालुङ’को अवलोकन

रामधुनी । प्रदेश १ का सांसदहरूले उदयपुर, धनकुटा र भोजपुर जिल्लाको संगमस्थल सप्तकोसी नदीमा रहेको किराँत धर्मावलम्बीहरूको सम्पदा खुवालुङलाई वैकल्पिक उपाय अपनाएर संरक्षण गर्न सुझाब दिएका छन् ।

‘खुवालुङ’(नदीको बीचमा रहेको ठूलो ढुंगा)को स्थलगत अवलोकन भ्रमणपछि सोमबार सांसदहरूले किराँत धर्मावलम्बीहरूको इतिहास र पहिचान बोकेको सम्पदा मासेर होइन, वैकल्पिक उपाय अनाएर संरक्षण गर्न सरकारलाई सुझाब दिएका हुन् ।

किराँत धर्मावलम्बीहरूको अलिखित मुन्धुममा उल्लेख भएअनुसार ‘खुवालुङ’को इतिहास ६ हजार वर्ष पुरानो छ । पूर्वीय सभ्यतासँग समेत खुवालुङ जोडिएकाले यसलाई फुटाउने वा सार्नेभन्दा पनि वैकल्पिक उपायहरूमाथि सरकार सचेत हुनुपर्ने सांसदहरूको सुझाब रहेको खबर नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here