रामधुनी । सुनसरीको रामधुनी –५, हसनपूरकी ७० वर्षिय आमा गंगा मायाँ फुयाँलले आफ्नो छोरालाई बचाइदिन सबैमा आग्रह गरेकी छिन् ।
घाटीमा क्यान्सर भएर थला परेको ४२ वर्षिय छोरा नन्द राजलाई बचाइदिन उनले सबैमा आग्रह गरेकि हुन् । केहि महिना अघि छोराको घाटीमा क्यान्सर भए पछि अहिले आमा र उनकी बुहारी सीता ढुंगेलको दिन रोएरै बित्ने गरेको नन्दराजकी आमाले बताईन् । नन्दराजको उपचारको लागि आफु बस्ने एउटा सानो घर बन्दकी राखेर नेपाल देखि भारत सम्म पुगेर उपचार गराएको उनले बताईन् ।
घर बन्दकी राखेर पनि उपचार खर्च नपुग्दा आफन्त सबै तिर रिनै ऋण भएको नन्दराजकि श्रीमती सिता ढुंगेलले बताइन् । उनले आफ्नो श्रीमान्को उपचारकालागी माग्ने ठाउँ र बन्धकी राख्न मिल्ने केहि पनि नभएकाले उपचारकालगि सहयोग गरिदिन सबैमा आग्रह गरेकी छिन् ।
श्रीमानको उपचार गराउँदा रकम अभाव भएपछि दुइ छाक खाना खान समस्या समेत भएको ७५ वर्षिय आमाले बताईन् बुहारीले स्कुल पढाएर कमाएको आठ दस हजारले छोरा बाचाउन नसक्ने भए पछि छोराको जीवन बचाईदिन देश तथा विदेशमा रहने सहयोगिमनहरुलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।
आफ्नो उपचारमा अहिले सम्म करिब ३५ लाख बढी खर्च भईसकेको नन्दराज बताउँछन् । ‘न त थपक्क मर्न दिन्छ न निको हुन्छ श्रीमतीले स्कुल पढाएर कमाएको ८/१० हजार ले न औषधी नै किन्न पुग्छ नन्दराजले भने’ ।
‘उपचार का लागि भारत पनि गयौ धेरै खर्च भयो अब उपचार गर्नका लागि एक पैसा छैन अप्रेसन गर्न पाए मेरो श्रीमान बाच्नु हुन्छ होला डाक्टर ले पनि सके सम्म छिटो अप्रेसन गर्नु भन्नु भएको छ आफू सग भएको यो एउटा घर पनि लोन मा छ । छोराहरु सानै छन् । आफन्तहरु सबै ले सक्दो सहयोग गर्नुभयो माग्ने ठाउँ बाँकि काहीँ छैन ।
ऋण नै ऋण छ घर पनि बैंकमा छ अब त औषधी किन्ने पैसा समेत पनि छैन जति सक्नु हुन्छ सहयोग गर्दिनुस केहि पार नलागेर हजुर हरु सँग साहारा माग्न बाध्य भएँ उनले भनिन’ ।
https://youtu.be/eR4mTgQJ5Cc
सहयोगी मनहरुले ९८१४७७९१७७ र ९८५२०५९१५० मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुनेछ ।