इलाम । ४१ वर्षदेखि भारतीय जेलमा बन्दी बनाइएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले आज खुला आकाश देख्दै छन् ।

पश्चिम बंगालको कोलकातास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका हुन् । दुर्गाप्रसादविरुद्ध सन् १९८० मा दार्जिलिङ पुलिसमा हत्या आरोपको जाहेरी परेको थियो । दार्जिलिङका नैन घलेले आफ्नी श्रीमतीको हत्या गरेको भन्दै जाहेरी दिएका थिए ।

जेल पर्दा २० वर्षका दुर्गाप्रसाद अहिले ६१ वर्षका भएका छन् । मरे–बाँचेको पत्तो नभएका दुर्गाप्रसाद कोलकातास्थित कारागारमा रहेको जानकारी परिवारले केही महिनाअघि मात्रै पाएको थियो । गत १० फागुनमा भाइ प्रकाशचन्द्र तिम्सिनाले उहाँलाई कारागारमै गएर भेटेका छन् ।Sponsor Adउच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी. राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले गत बुधबार दुर्गाप्रसादलाई छाड्ने आदेश दिएका थिए । तर, केही कागजी प्रक्रिया बाँकी थिए । हिजो भाइ प्रकाशचन्द्रले अदालतको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । घर छाडेर हिँडेको ४१ वर्षपछि छोरा दुर्गाप्रसाद फर्किने खबर सुनेपछि ९१ वर्षीया आमा धनकुमारी खुसी भएकी छिन् ।

मुद्दाको सुनुवाइ नै नगरी चार दशकसम्म जेलमा राख्दा दुर्गाप्रसाद तिम्सिनालाई परेको मानसिक, शारीरिक असर र समग्र जीवनको क्षतिपूर्ति माग–दाबी गरी भारतको सर्वोच्च अदालतमा मुद्दामा जान सकिने राय वकिलहरूले दिएको पुरा खबर नयाँ पत्रिकामा छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here