युरोपेली जावाको मोटरसाइकल अब इटहरीमा

इटहरी। जावा कम्पनीले नयाँ मोडलको मोटरसाइकल इटहरीमा सार्वजनिक गरेको छ ।

शुक्रबार इटहरी उद्योगवाणिज्य संघका अध्यक्ष भिम पौडेलको प्रमुख आतिथ्यमा जावा स्वरुमले जावाको मोटरसाइकल पेरक मोडल सार्वजनिक गरेको हो ।

प्रदेस नं १ जावा कम्पनिका प्रतिनिधि आशिष श्रेष्ठका अनुसार नेपालमा ११ वटा शाखा कार्यालय रहेको कम्पनीको मोटरसाइकल इटहरी शाखाबाट खरिद गर्ने पहिलो व्यक्ति रामधुनी नगरपालिका वडा नं १ का वडा अध्यक्ष महेश चौधरी भएको बताए ।

नेपालको लागि आधिकारिक वितरक अग्नि मोटोइन्कले बजारमा ल्याएको नयाँ मोटरसाइकल उत्कृष्ट फिचर रहेको प्रदेश १ जावाका प्रतिनिधि श्रेष्ठले जानकारी दिए ।

क्लासिक मोडल,बोल्ड लुक्स, डबल साइलेन्सर, तीन सय चौतिस क्षमताको, ३०.६४ PS पावर, ३२.७४ NM टच रहेको उक्त मोडलको माइलेज भएको उक्त मोटरसाइकलको खरिद बिक्रीको लागि महालक्ष्मी बैंक संग सहकार्य गरिएको इटहरी शाखा प्रमुख उज्ज्वल बस्नेतले बताए ।

युरोपमा स्थापना भएको नयाँ मोडलको मोटरसाइकलको मुल्य ७ लाख ५० हजार रहेको जावा कम्पनी इटहरीका सल्लाहकार अरुणा कार्कीले बताईन।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.