एमालेबाट निर्वाचित वडाध्यक्ष होटलबाट रंगेहात

बैतडी । बैतडिको दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा एक होटलबाट महिलासँग शंकास्पद रुपमा भेटिएका छन् ।

नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित महरा खोचलेकको एक होटलबाट महिलासँग शंकास्पद रुपमा भेटिएको र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

दुवैजनालाई बिहीबार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु एउटै कोठामा रहेको भन्ने वडा अध्यक्षकी श्रीमतीले प्रहरीलाई खबर गरेकी हुन् ।

उनीहरुले भने पार्टीको काम भएकाले सँगै कोठामा बसेको भनेका छन् । थाहाखबरबाट

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.