इटहरी । प्रि–मनसुनको समय र केही ठाउँमा स्थानीय प्रणाली सक्रिय हुने भएकाले आज बेलुकीपख पहाडी भेगको केही ठाउँमा सामान्य बादल लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान माहासाखाले जनाएको छ ।
आज देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । केही उच्च पहाडी र हिमाली क्षेत्रमा मेघ गर्जनसहित सामान्य पानी पर्ने सम्भावना पनि रहेको तर तत्काल ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् बरुण पौडेलले बताए ।
उनका अनुसार प्रि–मनसुनको समयमा पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख सामान्य बादल लाग्ने छ ।