काठमाडौं । नेपाली बामपन्थी इतिहासका धरोहर समालोचक प्रोफेसर माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ ।
केही वर्षयतादेखि बिरामी रहेका उनलाई एक महिनाअघि अशक्त अवस्थामा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ धेरै दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको र स्वास्थ्य झन् झन् बिग्रिएपछि काठमाण्डौको गङ्गालाल अस्पतालमा पठाइएको थियो ।
उनको गङ्गालाल अस्पतालमा आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ । विद्यावारिधि गरेका सयौँ अध्येताहरुका मार्गनिर्देशक रहेका उनी अन्तर्राष्ट्रिय कानुनका व्याख्याता पनि थिए ।यसैविच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति पु¥याएको बताए । साामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले प्राध्यापक श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।