इटहरी । बुद्ध इन्टरनेशनल फिल्म प्रा.लि. को व्यानरमा निर्माण हुन लागेको धारावाहिक सिरियल ‘कहानी हो यो प्रेमको’ पहिलो अडिसन सम्पन्न भएको छ ।

 

शुक्रबार इटहरी स्थित चिन्तन चौतारीमा बुद्ध इन्टरनेशनल फिल्म प्रा.लि. ले लिएकोे अडिसनमा १२ जनाले सहभागिता जनाएको चलचित्र निर्देशक भिम लामाले जानकारी दिए ।

सहभागिहरुको अडिसन चलचित्र निर्देशक तथा नेपाल चलचित्रकर्मी महा संघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान, चलचित्र निर्माता निर्देशक तथा सिनेमा हल सञ्चलक पर्शुराम चौधरी, चलिचित्र निर्देशक प्रकास सुब्बा र चलचित्र निर्देशक निर्माता तथा बुद्ध इन्टरनेशनल फिल्म प्रा.लिका अध्यक्ष भिम लामाले लिएका थिए ।No description available.आगामी चैत्र पहिलो साता भित्र अर्को अडिसन लिने तयारी भईरहेकाले दोश्रो अडिसन सकेर छनौट भएका कलाकारहरुको नामावली सार्वजनिक गर्ने र अडिसनबाट छनौट भएकाहरुलाई विभिन्न खाले प्रशिक्षण दिइने लामाले बताए ।

प्रशिक्षणसंगै धारावाहिक सिरियल ‘कहानी हो यो प्रेमको’ चैत्र भित्रै छायाकंन गर्ने तयारी भईरहेको उनले जानकारी दिए ।
नयाँ वर्षको अवशर पारेर दर्शकहरुमाझ ल्याउने तयारीका साथ यतिवेला कलाकारहरुको छनौटमा लागि परेको लामाले बताए ।

प्रदेश १ मै रहेर कलाकारीता गर्न चाहनेहरुका लागी यो एउटा अवशर भएकाले अडिसन दिन र सिरियलमा अभिनय गर्न चाहने कलाकारहरुले कुनैपनि शुल्क तिर्नु नपर्ने भएकाले इच्छुक कलाकारहरुले सम्पर्क गर्न समेत लामाले सबैमा आग्रह गरेका छन् ।

त्यस्तै सिरियलमा अभिनय गर्ने कलाकारहरुलाई आगमी दिनमा ठुलो व्यानरमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने अवशर प्रदान गर्ने लामाले बताए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here