इटहरी । बुद्ध इन्टरनेशनल फिल्म प्रा.लि. को व्यानरमा निर्माण हुन लागेको धारावाहिक सिरियल ‘कहानी हो यो प्रेमको’ पहिलो अडिसन सम्पन्न भएको छ ।
शुक्रबार इटहरी स्थित चिन्तन चौतारीमा बुद्ध इन्टरनेशनल फिल्म प्रा.लि. ले लिएकोे अडिसनमा १२ जनाले सहभागिता जनाएको चलचित्र निर्देशक भिम लामाले जानकारी दिए ।
सहभागिहरुको अडिसन चलचित्र निर्देशक तथा नेपाल चलचित्रकर्मी महा संघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान, चलचित्र निर्माता निर्देशक तथा सिनेमा हल सञ्चलक पर्शुराम चौधरी, चलिचित्र निर्देशक प्रकास सुब्बा र चलचित्र निर्देशक निर्माता तथा बुद्ध इन्टरनेशनल फिल्म प्रा.लिका अध्यक्ष भिम लामाले लिएका थिए ।
आगामी चैत्र पहिलो साता भित्र अर्को अडिसन लिने तयारी भईरहेकाले दोश्रो अडिसन सकेर छनौट भएका कलाकारहरुको नामावली सार्वजनिक गर्ने र अडिसनबाट छनौट भएकाहरुलाई विभिन्न खाले प्रशिक्षण दिइने लामाले बताए ।
प्रशिक्षणसंगै धारावाहिक सिरियल ‘कहानी हो यो प्रेमको’ चैत्र भित्रै छायाकंन गर्ने तयारी भईरहेको उनले जानकारी दिए ।
नयाँ वर्षको अवशर पारेर दर्शकहरुमाझ ल्याउने तयारीका साथ यतिवेला कलाकारहरुको छनौटमा लागि परेको लामाले बताए ।
प्रदेश १ मै रहेर कलाकारीता गर्न चाहनेहरुका लागी यो एउटा अवशर भएकाले अडिसन दिन र सिरियलमा अभिनय गर्न चाहने कलाकारहरुले कुनैपनि शुल्क तिर्नु नपर्ने भएकाले इच्छुक कलाकारहरुले सम्पर्क गर्न समेत लामाले सबैमा आग्रह गरेका छन् ।
त्यस्तै सिरियलमा अभिनय गर्ने कलाकारहरुलाई आगमी दिनमा ठुलो व्यानरमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने अवशर प्रदान गर्ने लामाले बताए ।


















