रामधुनी । असिना पानीले रामधुनी ७ स्थित तर्जुमा ड्राइगन फ्रुट बहुदेशिय कृषि फममा लाखौको नोक्सानी पुर्याएको छ ।
बुधबार राती आएको ठूलो असिनापानीले कृषकले लगाएको ड्राइगन फ्रुट बालीमा क्षती पुर्याएको हो ।
इटहरी उपमहानगरपालिका–२० तरहराका
१० कठा जमिनमा लगाएको ड्राइगन फ्रुटलाई असिनाले हिर्काएर नष्ट हुँदा करीब ८ लाख बराबरको नोक्सानी भएको उनले बताए ।
अगामी वैशाखदेखि फुल्न सुरु हुने फ्रुटको मुना पलाउदै गर्दा अशिना परेकाले क्षती भएको उनले बताए । ‘यसपाली राम्रो सँग फल्ने थियो तर कलिलैमा असिनाले क्षती पुर्यायो उनले भने’ ।त्यस्तै तमु कृष्ण बहुदेश्यि कृषि फमले १० कठा जग्गामा लगाएको ४ हजार ६ सय विरुवामा समेत क्षती पुगेको फम सञ्चालक कृष्ण कुमार गुरुङ्गले बताए ।
लामो समय भारतिय सेनमा जागिर खाएर अवकास पाएका गुरुङ्गले नेपालमै केहि गरौं भनेर ड्राइगनको विरुवा लगाएको दिन नवित्दै असिनाले नष्ट गर्दा करिब ५० हजार बराबरको क्षति पुगेको बताए ।
[url=https://cialisdt.com/]tadalafil pills 20mg[/url]