बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फाल्गुन २० गतेदेखि

बराहक्षेत्र । बराहक्षेत्रमा पछिल्लो केहि समययता विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको ूद पुलहा युथ क्लबू ले प्रथम वडास्तरीय मेयर कप नकआउट भलिबल प्रतियोगिता गर्ने भएको छ ।

बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगिता यहि फाल्गुन २०देखि २४गतेसम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष दिवानसिंह राइले जानकारी दिए । उनकाअनुसार क्लबको मैदान बराहक्षेत्र ८, पुलहामा हुने खेलमा बराहक्षेत्रका ११ वडा आमन्त्रित छन् ।

यद्यपि खेलमा १,३,४,५,७,८,९,१० सहित आयोजक गरी ९ टिमको सहभागिता रहनेछ । स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन र प्रभावकारी बनाउने उदेश्यले हुन लागेको प्रतियोगितामा बराहक्षेत्र बाहेकका खेलाडी समावेश गर्न नपाइने अध्यक्ष राई बताउँछन् ।

अन्य सम्पुर्ण तयारी समाप्त भइसकेको प्रतियोगिताका लागि अहिले आफूहरु आर्थिक सहयोग जुटाउने क्रममा रहेकोे सचिव रुपक बिस्ट बताउँछन् । अहिले देश तथा विदेशमा छरिएर रहेका स्थानीय खेलप्रेमीहरुले सहयोग गरिरहनुभएको छ र सहयोगको क्रम अझै बढ्नेमा आयोजक आशावादी छ, बिस्टले भनें ।

स्थापनाकालदेखिनै सक्रिय रहेको क्लबले यसपटक भने फरक तवरले भलिबल प्रतियोगिता गर्न लागेको र हर्षोल्लासका साथ सहयोगको क्रम पनि जुटिरहेको क्लबका अगुवा राजेन्द्र खड्काले बताए । उनी भन्छन्, लकडाउनमा समयमा समेत हामीले क्लबको तर्फबाट स्थानीयसँगै रहेकाले पनि यस् प्रतियोगिताका लागि सबैको साथ पाइरहेका छौ ।

प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमले क्रमशः २५ हजार र १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउँनेछन् । उनका अनुसार २२ गते सेमिफाइनलका खेल र २४ गते सोमबार फाइनल खेल हुनेछ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here