सरकार र विप्लव दुबैले बनाए बार्ता टोली

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई छन् । पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता पार्वत गुरुङले वार्ता टोली गरिएको बताउँदै विप्लव समूहसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले विप्लव समूहको प्रतिबन्ध, मुद्दालगायतको सबै विषय वार्ताद्वारा नै टुंगो लाग्ने पनि बताए ।

यसैबिच विप्लव नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको पनि विषेश श्रोतले बताएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.